काठमाडौ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गुरुको पूजामा पयोग गरिने यो श्लोकमा भनिएझै गुरु ब्रह्मा, विष्णु र महेश्वरको रुपमा धार्मिक ग्रन्थमा व्याख्या गरेको पाइन्छ ।
आम व्यक्तिको जीवनलाई उपयोगी बनाउन औपचारिक तथा अनौपचारिक शिक्षा दिने व्यक्ति नै गुरु हुन् । व्यक्तिको जीवन आदर्श बनाउन सहयोग गर्ने गुरुको सम्झनामा पत्येक वर्ष आषढ शुक्ल पूर्णीमाका दिन गुरु पूणिमा मनाइने गरेको छ ।
पछिल्लो समय यहि दिनलाई त्भबअजभचुक म्बथ का रुपमा मनाउने गरिएको छ ।
गुरुपूर्णिमाको आजको दिन हिन्दु धर्माबलम्बीको प्रसिद्ध धार्मिक गन्थ बेद र पुराणका रचयिता बेदव्यासको जन्मजयन्ती पनि मनाइँन्छ । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पनि आजको दिन विशेष हो ।
उनीहरुलाई आफूलाई शिक्षा दिने गुरुहरुको सम्मान गर्दै गुरुपूर्णिमा मनाउने गरेका छन् । आजको दिन विद्यार्थीसँग कलाकार, खेलाडीलगायतले पनि आफ्ना गुरुको स्मरण गर्ने गर्दछन् ।
जीवन उपयोगी सीप सिकाउने सम्पूर्ण व्यक्ति प्रत्येकका गुरु हुन । सीप सिकेर काम गर्ने सबैले गुरुको उचित सम्मान गर्नुपर्छ । प्रत्येक व्यक्तिको पहिलो गुरु आफुना आमाबुबा हुन ।
सबैले आमाबुबालाई पहिलो गुरुका रुपमा सम्मान गर्नुपर्छ । अनि गुरुले दिएको निर्देश पालन गर्नुले नै गुरुपूजाको सार्थकता झल्कन्छ ।
