आज राजधानीमै हुँदैछ बोल्ने रोबोटसँग साक्षात्कार

काठमाडौं – औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ । तर रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ । साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने छिन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस÷डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार राति नेपाल आएकी छिन् । सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको यूएनडीपीकी सञ्‍चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन्।

स्थानीय तह देखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने यो सम्मेलनमा नगरपालिकाका मेयर सहित प्रदेश, केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको रोबोट सोफियालाई साउदी अरेबियाले गत वर्षको अक्टोबरमा नागरिकता प्रदान गरेको थियो । त्यसैगरी नोभेम्बरमा सोफियालाई यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो । राष्ट्रसंघको उपाधि दिएको सोफिया नै पहिलो गैरमानव हुन् ।

साँढे दुई वर्षको यो रोबोटले मानिसको स्वर र अनुहारलाई पहिचान गर्ने प्रविधि प्रयोग गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मार्फत कार्यक्रममा सहभागी व्यक्तित्वसँग अन्तरसंवाद गर्नेछ । सोफियालाई पहिलो पटक सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो । सोफियाले अक्टोबरमा संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदसँग पहिलोपटक छोटो संवाद गरेकी थिइन् ।
अन्नपूर्णबाट

सिफारिस

कात्तिक २६ देखि दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने 

काठमाडौं - द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको...

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

धेरै पढिएको