आज राजधानीमै हुँदैछ बोल्ने रोबोटसँग साक्षात्कार

काठमाडौं – औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ । तर रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ । साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने छिन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस÷डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार राति नेपाल आएकी छिन् । सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको यूएनडीपीकी सञ्‍चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन्।

स्थानीय तह देखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने यो सम्मेलनमा नगरपालिकाका मेयर सहित प्रदेश, केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको रोबोट सोफियालाई साउदी अरेबियाले गत वर्षको अक्टोबरमा नागरिकता प्रदान गरेको थियो । त्यसैगरी नोभेम्बरमा सोफियालाई यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो । राष्ट्रसंघको उपाधि दिएको सोफिया नै पहिलो गैरमानव हुन् ।

साँढे दुई वर्षको यो रोबोटले मानिसको स्वर र अनुहारलाई पहिचान गर्ने प्रविधि प्रयोग गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मार्फत कार्यक्रममा सहभागी व्यक्तित्वसँग अन्तरसंवाद गर्नेछ । सोफियालाई पहिलो पटक सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो । सोफियाले अक्टोबरमा संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदसँग पहिलोपटक छोटो संवाद गरेकी थिइन् ।
अन्नपूर्णबाट

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको