काठमाडौँ- देशैभर मनसुन सक्रिय बन्दै गएको छ । आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी गराएका छन् ।
सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । राति पनि देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।
