काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ । उनले आज ७४ औँ जन्मदिन परेको हो । उनले यसबर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन् । गएको हप्ता उनले यस बर्ष आफ्नो जन्मदिन नमनाउने बताएका थिए ।
मुलुक कोरोनाबाट आक्रान्त रहेको बेला जन्मदिन मनाउनु राम्रो नहुने भन्दै उनले यसबर्षको जन्मदिन नमनाउने बताएका छन् । जन्मदिनमा उनलाई शुभकामना भने आइरहेको छ ।
लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गर्दथ्यो । तर २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त अधिकार कटौती गरेको थियो ।
