प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वाब संकलन बुथ

रामेछाप- नेपाल इन्जिनियर्स एशोसियसन वाग्मती प्रदेशद्वारा
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वाब संकलन बुथ उपलब्ध गराएकाे छ ।

एशाेसियसनले उपलब्ध गराएकाे बुथ रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहिबार मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतलाई बुथ हस्तान्तरण गर्नुभएकाे हाे । उक्त बुथ प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा रहने गरी उपलब्ध गराइएकाे छ । हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वाब संकलन बुथ नेपालमा नै नेपाली ईन्जिनियरहरुद्वारा तयार भएकाेमा खुसि व्यक्त गर्नु हुँदै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि बुथ उपलब्ध गराएर स्वास्थ्यकर्मीलाई उर्जा थपिदिने काम गरेकाेमा एशाेसियसन प्रति अाभार व्यक्त गर्नु भयाे ।

काेराेना संक्रमण परिक्षणका लागि विरामीकाे स्वाब संकलन गर्नेक्रममा स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि उक्त बुथकाे उपयुक्त हुने नेपाल इन्जिनियर्स एशोसियसन बाग्मती प्रदेशका कार्यकारिणी समिति सदस्य इन्जिनियर सरोज कार्कीले जानकारी गराउनु भयाे । इन्जिनियर कार्कीले वाग्मती प्रदेशका सबै जिल्लामा बुथ पुर्‍याउने काम गरिरहेको बताउनुभयो ।
यस अघि एशाेसियसनले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई एक थान स्वाब संकलन बुथ उपलब्ध गराएकाे थियाे ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको