काठमाडौं – काठमाडौँमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। लामो समय देखि विभिन्न रोगहरु संग लड्दै आएका ति पुरुषको स्वास्थ्यमा समस्या देखिए पछी काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत आइतवार भर्ना गरिएको थियो।
सो अस्पताल भर्ना गरीए संगै उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको बिहिवार मृत्यु भएको थियो। संक्रमित पुरुषको मृत्यु भए संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उनको घर क्षेत्रलाई सिल गरि कन्ट्रयाक्ट ट्रेसिंगको काम शुरु गर्ने जानकारी दिएको छ। मृत्यु भएका पुरुषको शव अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रहेको छ।
यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
