नेपाली सुरक्षाकर्मीलाई भारतीय फौजले कालापानीसम्म पनि जान दिएन

काठमाडौँ- नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटर यता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन।

सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्ले र सुन्दरसिंह धामीले लेखेका छन्।

दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको छ।

सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोली करिब ६ घण्टा हिँडेर मल्लो (माथिल्लो) कौवाभन्दा केही माथिको क्षेत्रसम्म पुगेको हो। भारतले बनाएको नक्कली काली मन्दिरभन्दा १.२ किलोमिटरयता भारतीय फौजसँग उनीहरूको भेट भएको थियो। भारतीय पक्षले ‘निषेधित क्षेत्र’ भन्ने जानकारी दिए। र, नेपाली टोली त्यहींबाटै फर्कियो।

‘हामी तल्लो कौवा, माथिल्लो कौवा हुँदै कालापानी क्षेत्रनजिक पुगेका थियौं’, एक सुरक्षाकर्मीले भने, ‘भारतीय सुरक्षाकर्मीले निषेधित क्षेत्र भनेपछि अगाडि जान चाहेनौं।’ छाङरुबाट कालापानी १४ किलोमिटर दूरीमा पर्छ।

उक्त घटनाले कालापानी, लिपुलेक, गुन्जी, नाभी, कुटी, लिम्पियाधुरा अझै हाम्रो पहुँचमा नरहेको देखाएको छ। छाङरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट बीओपी स्थापना गरिएको थियो। त्यसपछि निरन्तर सीमा क्षेत्रमा गस्ती, पेट्रोलिङलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ। मल्लो कौवा, तल्लो कौवा, टिंकरलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ।

नेपाली सुरक्षा फौजले नेपाल-चीन सीमास्थित १ नम्बर पिलर पुगेर गस्ती गरिरहेको छ। छारुङबाट उक्त पिलर २१ किलोमिटर दूरीमा छ। छारुङबाट टिंकर भञ्ज्याङ ११ किलोमिटर दूरीमा पर्छ।

व्यास–२ दुम्लिङ अनि मालिकार्जुन–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा पनि बीओपी स्थापना गरिएका छन्। माथिल्लो कौवा र टिंकरमा बीओपी राख्ने तयारी छ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्ट (दीपेन्द्र)ले सीमा क्षेत्रमा सशस्त्रको गस्ती र पेट्रोलिङ भइरहेको बताए। माथिल्लो कौवा, तल्लो कौवा, टिंकरलगायत क्षेत्रमा नियमित गस्ती भइरहेको उनले जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्र सीतापुलमा २४ घण्टा गस्ती भइरहेको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको