काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलका अनुसार मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेका छन् ।
उनको असार ३१ गते दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
