काठमाडौ – रामेछापेली गजलकार तथा गीतकार विष्णु विरही श्रेष्ठकाे “पिरतीको गुन्द्री” सार्वजनिक भएकाे छ । बिहीबार कार्टुन क्रुज नामक यूट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

गजलकार विरहीको शब्द रचना तथा दिपकराज विश्वकर्माको संगीतमा रहेको उक्त गीत गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरले अावाज दिएका छन् । गीतमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । युवराज वाइवाको निर्देशनमा तयार भएको साे गितकाे भिडियो बिहीबार कार्टुन क्रुज नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीत हेर्नकाे लागि तलकाे लिङ्कमा जानू हाेला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया