सडकमा हुइकिने एम्बुलेन्सको गुहारलाई प्राथमिकता कसले दिने ?

काठमाडौँ- दिव्य २४ बर्षका युवक देख्दा सामान्य देखिने र सरल स्वभाव भएका एक कर्मचारी तथा विद्यार्थी पनि हुन् । उनी कार्यालय कामकाजका लागि कुनै राजमार्गको केही खण्डको यात्रा गर्दै थिए।  गन्तब्य पुग्नु पहिला सवारी चेकजाचले गर्दा नाकाभन्दा लगभग ९०० मिटर पश्चिमसम्म ओहर-दोहर गरिरहेका सवारीका झुण्डले सडक अवरुद्द भएको थियो।  एक्कासी भएको बर्षाले निथ्रुक्क भिजाएपछि दिव्यले ‘रेन्कोट’ ओढे! त्यत्तिकैमा पछाडिबाट कुइ …कुइ ….कुइ ….गरेर केही सवारी कराएको आवाज आउँदा संगै रहेका भारतीय नम्बर प्लेट भएका मालबाहक सवारीका चलाकहरुले नाक कोट्टाइरहेका थिए। ति सवारीहरुले कुइकुइ गर्दा लाग्थ्यो कि, भित्र भएका आपतकालिन मनहरुले मलाई छिटो अस्पताल जान्देउ भनी गुहारेका छन, तर अह त्यो गुहार सुन्ने कोहि वरपर थिएनन् बरु सबैले आ-आफ्नै बाटो खोजिरहेको अवस्था थियो ।

दिब्य र उनका सहयात्री काका मुस्कानलाई परिस्थिती असामान्य र असह्य लागि रहेकोले उनीहरु मार्गप्रशस्त गर्न प्रयास गर्दै बर्बराइरहेका थिए । बर्षातसँगै सडक अवरुद्द भएकाले दुई पङ्रे सवारी यथावत स्थानमा छोड्ने अवस्था थिएन, मुस्कान काकाले सडक सुरक्षाकर्मीको साहयता लिन खोजे तर सफल नभइ फर्किए कुइकुइ आवाजले परिस्थिती झन असह्य भएकोले दिब्यले खतरा मोलेर भएपनि आफ्नो सवारी सहित बाँकी सवारी छिचोल्न सफल भए । बाटो सँगै रहेको सुरक्षा टेन्टमा सेतो क्याप लगाएका एक सडक तथा सवारी सुरक्षाकर्मीलाई गुहार माग्दै दिब्यले भने ” सर यहि तल ४-५ वटा  एम्बुलेन्सहरु २० मिनटदेखि कुरिरा छन प्लिज केही गरिदिनु पर्यो ” तराइबासी जस्तो देखिने ति सर ले प्रतिउत्तरमा भन्छन “तपाईं राम्रो मान्छे हो जानुस् तर पहिला सवारी जाच गराउनुस्” , दिब्य:”हस सर” ।

 सडकको बिचमा रहेको छाताभित्र रहेका रातो टोपी लगाएका २५-२६ बर्षका जस्ता देखिने पुरुष सुरक्षाकर्मीले सवारी नम्बर, नाम, ठेगाना र फोन नम्बर टिप्दै थिए ।

दिब्य र ति सुरक्षाकर्मी बिचको सम्बाद:

सुरक्षाकर्मी: “सवारी नम्बर कति हो ।”

दिब्य: अन्तिममा शुन्य भएको (जोर नम्बरको) सवारी नम्बर उल्लेख गर्दै- “सर यही तल ४-५ वटा  एम्बुलेन्सहरु २० मिनेटदेखि कुरिरा छन प्लिज केही गरिदिनु पर्यो “

सुरक्षाकर्मी: “के रे ??”

दिब्य: सोही कुरा दोहर्याउदै-“सर तपाईं मान्छे पठाइदिनुस् कि भने मलाई यता पार्क गर्न दिनुस् म केही गर्छु”

सुरक्षाकर्मी: वास्ता नगरि- “का देखि आको ? कहाँ हो बस्ने ? कति जना हो ? पास छ ? खोइ पास हेरुम ? फोन नम्बर कति हो ?”

दिब्य: सबै प्रश्नको र्यापिड फायर जवाब दिदै-” सर दुई मिनेटले मानिसको ज्यान जान सक्छ प्लिज केही गरिदिनु पर्यो नभए मलाई बाइक पार्क गर्न दिनुस् म केही गर्न सक्छु कि हेर्छु”

सुरक्षाकर्मी:”भाइ तिमी ठुलो कुरा नगरि आफ्नो काम गर”

(झरिका बिच केही युवाहरु टुलुटुलु हेरिरहेको पारी द्रिश्य …. )

(नजिकैबाट काधमा खुकुरी क्रस भएका, निलो ड्रेस, कालो बुट लगाएका ३५-४० बर्षका पुरुष प्रहरी दिब्य तर्फहेर्दै जवावदेहिता दर्साउदै गरेको…. )

दिब्य: “सर, हजुरसंग समय छ, केही कुरा गर्नु थियो सर ?”

खुकुरी क्रस प्रहरी : “छ छ भन्नुस्”

दिब्य: “सर यही तल ४-५ वटा  एम्बुलेन्सहरु २० मिनटदेखि कुरिरा छन प्लिज केही गरिदिनु पर्यो”,”सर दुई मिनेटले मानिसको ज्यान जान सक्छ प्लिज केही गरिदिनु पर्यो”, हजुरले टोली पठाइदिनुपर्यो नमिले मलाई बाइक पार्क गर्न दिनुस् म केही गर्न सक्छु कि ?”

खुकुरी क्रस प्रहरी:  ” हैन हैन धेरै धन्यवाद सर, तपाईं  बिस्तारै जानुस् , म पठाउछु”

दिब्य: “हस धेरै धन्यवाद सर ” , “थ्यान्क्यु भेरी मच सर”

दिब्य पनि खुकुरी क्रस प्रहरी नै थिए भन्ने कुरा भएपछि ति सुरक्षाकर्मी तल झर्छन र बूट बझार्छन,

दिब्य: ” नेतालाई भनेर खाएको जागिर नेतालाई नै भनेर जाला नि, आफ्नो उत्तरदायित्व र नैतिकताबाट कहिले पनि पछि नहट्नुस्, कुनै कुरामा नागरिक समाजको सहयोग लिदा पनि हुन्छ, ‘तिमी आफ्नो काम गर’ नभन्नुस्, तपाईंको काम तपाईंले गर्नु भएन भने जिम्मेवार नागरिकले गर्छ नै ।   

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको