नारायणगढ- मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन – नारायणगढ- मुग्लिङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक आयोजना सूचना अधिकारी, इञ्जिनियर शिव खनालले बताए । आज बिहान आएको पहिरोको कारण यतिबेला सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

लगातार पानी परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर सडक अवरुद्ध हुन सक्ने उनले जनाएका छन् । नारायणगढ–मुग्लिङ सडक हुँदै यात्रा गर्नेहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । उता गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।

गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण दानको काभ्रेभीर, घोप्टे भीर, गुइँठे भीरलगायत ठाउँहरुमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक खुलाउन नेपाली सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहे पनि सञ्चालनमा ल्याउन नसकेको बताईएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको