२६ सहसचिवको सरुवा, गृह प्रवक्ता हटाइए

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । हालै बढुवा भएका नयाँ १० जनाको पदस्थापन र अन्य १६ जनाको सरुवा भएको हो ।

सरुवामा गृह मन्त्रालयका प्रवक्ता रहेका केदार नाथ शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकीमा सचिवका रुपमा पठाइएको छ । किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हटौैंडाका सहसचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडाका सहसचिव मुकुन्द प्रसाद पौड्याललाई राष्ट्रिय सूचना आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डण्डु राज घिमिरे आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश, हेटौँडामा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय ,बाग्मती प्रदेश हेटौँडा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्याल सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, राष्ट्रिय सूचना आयोग, काठमाडौँका सहसचिव बिनु बज्राचार्य कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेत गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

हालै बढुवा भएका सहसचिवहरु रामबन्धु सुवेदी भरतपुर महानगरपालिका, चितवन, नवराज घिमिरे हेटौँडा उपमहानगरपालिका, मकवानपुर, रमेश ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आनन्द काफ्लेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।
विपिन आर्चाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इन्द्रदेव यादव गृह मन्त्रालय, हेमराज तामाङ गृह मन्त्रालय, अनिता निरौला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्किम श्रेष्ठ सत्य निरूपण तथा मेलमिलाप आयोग र रामकुमार महतो गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ध्रुव कुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौँ, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको