काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद विशाल भट्टराईले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालासम्बन्धी सर्वोच्चको मुद्दामा प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु पर्ने संकेत गरेका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत युवा नेता भट्टराइले अदालतप्रति पुरापुर सम्मान रहे पनि रञ्जन कोइराला प्रकरणमा सर्वोच्चले दिएको फैसलाप्रति घोर आपत्ति जनाएका छन ।
उनले पत्निको बिभत्स हत्या गरेर काराबास ब्यतित गरिरहेका ब्यक्तिलाई बच्चाको रेखदेखको कुतर्क र झिनो त्यान्द्रो समातेर छुटकारा दिने फैसला आपत्तिजनक रहेको बताएका छन । मुलुकको प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको विश्वास र गरिमा ध्वस्त हुनु हो भने न्यायप्रणाली र कानूनको खिल्ली उडाउनु भएको बताएका छन ।
उनले यस प्रकरणमा सर्वोच्च अदालतले पुनरवलोकन गरेन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्ने बताएका छन ।
