डम्बर निदाल
डडेल्धुरा – सुदूरपश्चिम प्रदेश सभा सदस्य गोबिन्दराज बोहराले पत्रकारलाई स्वतन्त्र राख्न आवश्यक रहेको र पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले पत्रकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकारिता सम्बन्धि क्षमता अभिबृद्धि कार्यशालाको शुक्रबार उद्घघाटन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य गोबिन्दराज बोहराले पत्रकारको कलम समाज रुपान्तरण तथा विकास र समृद्धिका संबाहक भएकोले निर्भिक स्वतन्त्र रुपमा काम गर्ने बाताबरण राज्यले निर्माण गर्नु पर्ने धारणा राखेका हुन ।
जनताको पक्षमा कलम चलाउँदा सरकारले पत्रकारको हात बाँध्ने गरि निती नियम ल्याउन खोजेको भन्दै उनले पत्रकारलाई स्वतन्त्रतापुर्वक पेशागत भुमिका निर्वाह गर्ने गराउने अवस्था नभए सम्म पत्रकारितामा पनि बिकृति मौलाउने बताए ।
नेपाली पत्रकारिता जगतले सत्य तथ्य जानकारी लिई सुचना समाचार, सन्देश प्रवाह गर्नुका साथै निरन्तर खबरदारी गरि रहेकाले मर्यादित पत्रकारितालाई व्यवसायिक रुपमा प्रबद्र्धन गर्नु राज्यको दायित्व हो भन्दै कार्यक्रमका सहभागिले भारतको तुलनामा नेपाली पत्रकारिता धेरै स्वच्छ रहेको बताउदै उनले शुसाशित सभ्य समाज निर्माणका लागी नेपाली पत्रकार जगतलाई स्वतन्त्र बनाई राख्नु पर्ने औल्याए ।
प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा जिल्लाका बिभिन्न स्थानमा रहेका युवाहरुलाई तिन दिने पत्रकारिता सम्बन्धि आधारभुत र क्षमता अभिबृद्धि तालीम सञ्चालन गरेको छ । करिब २० जनाको सहभागितामा अग्रज पत्रकार डिआर पन्त, राम धामि लगायतकाले प्रशिक्षण गर्ने आयोजक संस्था नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जनाएको छ ।
