काठमाडौँ- कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।
धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
केही दिन देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पतालमा ल्याइएको अस्पतालले जनाए । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
