रामेछाप -रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेवा प्रदायक निकायलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सेवा प्रदायक संस्थालाई अाग्रह गर्नु भएकाे छ ।
जिल्ला प्रशासन कार्यलय रामेछापमा अाज बसेकाे विपत प्रतिकार्य याेजना तर्जुमा बैठकमा बाेल्दै प्रमुख जिल्ला अधिकारी शर्माले सेवा प्रवाह गर्दा सुरक्षा सतर्कता अपनाउनु पर्ने वताउनु भएकाे हाे ।
सरकारले अाैपचारीक रुपमा लकडाउन हटाएकाे भएतापनि काेभिट १९ काे जाेखिम भने हटिनसकेकाे हुदा सेवा प्रदायक संघ संस्था तथा कार्यलयहरुले सतर्कता अपनाएर मात्र सेवा प्रवाह गर्न शर्माले अग्रह गर्नुभएकाे हाे । त्यसैगरि विपत कुनैपनि बेला अाउने सक्ने भएकाे हुदा विपतमा परेकाकाे उद्दार तथा व्यवस्थापनका लागि सुरक्षा निकाय र उद्दार समूह तयारी अवस्था रहेकाे उहाँले वताउनुभयाे । यसै गरि सबै स्थानिय तहलाई पनि भाेली अाउन सक्ने कुनै पनि किसिमकाे विपतकाे व्यवस्थापनका लागि पुर्व तयारी गरिराख्न प्रजिअ शर्माले सराेकारवालाइ अाग्रह गर्नुभयाे । बैठकमा उपस्थित सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले विपत व्यवस्थापनका लागि अावस्यक पुर्व तयारी गरिरहेके जानकारी गराउनुभएकाे थियाे । प्रमुख जिल्ला अधिकारी प्रजिअ रुद्रादेवि शर्माकाे अध्यक्षतामा बसेकाे विपत प्रतिकार्य याेजना उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख , जिल्लाका ८ वटै स्थानिय तहका प्रतिनिधि , सुरक्षा निकायका प्रमुखहरु, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ , उद्योग बाणिज्य संघका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।