काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पानी परिरहेको छ । काठमाडौंमा सामान्य वर्षा भइरहेको छ
विभागका अनुसार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबानको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
