काठमाडौं – कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मोरङ सुनवसी ८ का ४५ वर्षका पुरुष, नारायणी अस्पतालमा उपचारको क्रममा पर्साका ७० वर्षका पुरुष र पर्साकै ६८ वर्षका कोरोना संक्रमित पुरुष मृत्यु भएको हो ।
योसँगे नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
