डडेल्धुरामा मास्क प्रयोग नगर्ने ६४ जनालाई कारवाही

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरा जिल्ला सदरमुकाममा प्रहरीले मास्क नलगाई हिँडडुल गर्ने व्यक्तिलाई कारबाही गर्न थालेको छ ।
शुक्रबार बागबजार क्षेत्रमा नेपाल प्रहरी,ट्रार्फिक प्रहरी र शसस्त्र प्रहरीले संयुक्त रुपमा मास्क प्रयोग नगर्ने व्यक्तिलाई कारवाही थालेको हो । प्रहरी नायव निरीक्षक चन्द्र सिह धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मास्क प्रयोग नगर्ने ६४ जनालाई शुक्रबार कारवाही गरेको हो । उनिहरुलाई एक सय रुपैयाका दरले जरिवाना गरी सम्झाई बुझाई गरि छोडिएको प्रहरी नायव निरिक्षक चन्द्र सिंह धामीले बताए ।

जरिवाना वाफत गरीएको कारवाही वाट ६ हजार ४ सय राजस्व समेत संकलन भएको प्रहरी नायव निरीक्षक धामीले बताए । बागबजार प्रहरी चौकीले जिल्ला सदरमुकाममा विना मास्क हिँडडुल तथा सवारीसाधन चलाउनेहरुलाई कारवाही गरि जरिवाना लिन थालेको छ । लकडाउन खुले पनि कोराना भाईरसको जोखिम कायमै रहेकोले कोरोना संक्रमणबाट बच्नका लागि प्रहरीले घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउनु पर्ने बताएको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाममा हिँडडुल गर्ने सर्वसाधारण तथा सवारी साधन चलाउनेहरुले मास्क प्रयोग गर्न छोडेपछि प्रहरीले सोमवार देखी कारवाही गर्न शुरु गरेको हो ।बागबजार क्षेत्रमा प्रहरीले मास्क प्रयोग गर्न माईकिङ गर्दा समेत मास्क प्रयोग नगर्ने व्यक्तिहरुलाई कारवाही गरिएको प्रहरी नायव निरीक्षक धामीले बताए ।

कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ । कोरोना भाईरसको सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह समेत गरेको छ ।

प्रहरीले मास्क लगाए नलगाएको चेकजाच गरेपछि मात्रै कतिपय पैदल यात्रु तथा सवारी चालकहरुले खल्तीबाट मास्क निकालेर प्रयोग गरेको बताए । घर बाहिर निस्कँदा तथा सवारी साधानहरु संचालन गर्दा अनिवार्य मास्क प्रयोग गर्नु पर्ने र प्रयोग नगरेको पाईएमा तत्काल कारवाही गरिने प्रहरी ले जनाएको छ । यस अघि सोमवार पनि १९ जनालाई बागबजार प्रहरीले कारवाही गरेको थियो ।

 

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको