काठमाडौँ- नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१००९ पुगेको छ । हाल सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५९२५ रहेको छ।
त्यस्तै नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
