काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ ।
उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।
जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘त्यसअनुसार टेकु, महाबौद्ध एसिया सिल गर्दैछौं ।’
जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति भएको छ ।
