काठमाडौँ- नेपालमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा हाल सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७३८ रहेको छ।
त्यस्तै आजै थप १४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १६४९३ पुगेको छ।
काठमाडौं उपत्यकामा मात्रै थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
