डम्बर निदाल
डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासत कक्षमा रहेका ८ जना थुनुवा र विभिन्न ईकाईहरुमा कार्यरत १ सय २३ जना प्रहरीको पीसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत भिमदत्त, केआई सिंह र दशरथ भन्द राजमार्गमा रहेका प्रहरी ईकाईहरुमा कार्यरत प्रहरीको स्वाव संकलन गरी परिक्षण गरिएको थियो । परिक्षण गरिएका एक सय २३ जना सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएको हो ।
प्रहरी हिरासत कक्षमा रहेका आठ जना थुवुवाको पनि पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको थियो । उनिहरु सबै जनाको रिपोर्ट पनि नेगेटिभ आएको प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारी र थुनुवाको कोरोना भाईरस संक्रमण परिक्षणका लागी शनिबार डडेल्धुरा अस्पताल डडेल्धुराका चिकित्सकहरुले ८ जना थुनुवा सहित १ सय २३ जना प्रहरीहरुको थ्रोट स्वाब संकलन गरेको थियो । डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणको सोमबार आएको नतिजाले सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
