डम्बर निदाल
डडेल्धुरा – नेपाल विद्यार्थी संघ डडेल्धुराले सरकारले लोक सेवा आयोगबाट नभई करारमा कर्मचारी भर्ना लागेको भन्दै विरोध जनाएको छ । कर्मचारी भर्ना निस्पक्ष हुनुपर्नेमा सरकारले आफ्ना कार्यकर्ता पोस्ने विधि अपनाएर २ हजार १५ वटा करार दरबन्दी करार दरबन्दी स्विकृत गरी कर्मचारी भर्ना गर्न लागेको भन्दै नेविसंघ डडेल्धुराले विरोध ¥यालीको आयोजना गरेको हो ।

बिहिबार नेविसंघ डडेल्धुराले बागबजार बसपार्क देखि भिमदत्त चोकसम्म विरोध ¥यालीको आयोजना गर्दै चोकमा कोणसभा सम्पन्न गरेको छ । ओली सरकारले लोक सेवा आयोगलाई ‘कु’ गरेर नातावाद, क्रिपावाद र चाकडीवादलाई प्रोत्साहन दिएको नेविसंघको आरोप छ ।
बिद्यार्थी नेता पवन ऐरले भने, आफ्नो महिनेत गरेर स्वतन्त्र निष्पक्ष र क्षमता बुद्धि विवेक बाट प्रतिस्पर्धा गरेर लोकसेवा आयोग बाट पदपुर्ति गरिनु पर्दछ ।

लोकसेवा आयोग बाट मात्र कर्मचारी भर्ना प्रकृया अगाडि बढाउनु पर्ने र करार कर्मचारी भर्ना प्रक्रिया तत्काल रोक्नु पर्ने बिद्यार्थीहरुले जोडदार माग राखी नेविसंघले प्रदर्शन गरेको उनले बताए । आफ्ना माग सरकारले सुनुवाई नगरे चरणवद्ध आन्दोलनमा जाने निर्णय गरेको नेवि संघले जनाएको छ ।
नेविसंघका कार्यकर्ताले करार कर्मचारी भर्ना प्रक्रिया तत्काल रोक्नुपर्ने र लोकसेवा आयोगबाट मात्र कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेका छन् ।
डडेल्धुराका सात वटै स्थानिय तह लाई कोभिड–१९ को सबै खर्च सार्वजनिक गर्न पनि नेवि संघले माग गरेको छ । अमरगढी नगरपालिकाकाको निर्माण गरिएको नयाँ भवन र भवन चर्किएको बारेमा समेत बिद्यार्थीहरुले चासो राखेका थिए । यसको यथासिघ्र विवरण पेश गर्न प्रदर्शन बाटै नेवि संघले स्थानिय तह लाई आग्रह गरेको छ ।
