रामेछापको लिखु तामाकोशीका अध्यक्ष गोविन्द खड्का पक्राउ

रामेछाप-रामेछापको लिखु तामाकोशी गाउ“पालिकाका अध्यक्ष गोविन्दवहादुर खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

शुक्रबार विहान ११ बजे उनलाई धोवि वजारबाटै प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो । गाउ“पालिकाकै गाडिमा धोविबाट हिडेका अध्यक्षको फोन प्रहरीले तत्कालै नियन्त्रण लिएको थियो । उनलाई शरीर वन्धक मुद्धामा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले वताएका छन् ।

गाउ“पालिकाको एउटा योजनामा विनीयोजीत रकम भुक्तानी गर्दा उपभोक्ता समितिका अध्यक्षलाई वन्धक वनाई जवरजस्ती चेकमा दस्तखत गर्न लगाएर चेक आफुले लिएको उजुरी खड्का विरुद्ध परेको थियो । खड्कालाई प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परिक्षण गराई रामेछाप जिल्ला अदालतबाट शरिर वन्धक मुद्धामा अनुसन्धानका लागि हिरासतमा राख्न ७ दिन म्याद थप गरीएको पाठकले वताए ।

अदालत परिसरमै प्रहरीको भ्यान लगेर खड्कालाई हिरासतमा लगिएको छ ।तत्कालिन नेकपा एमालेबाट पालिकामा निर्वाचित अध्यक्ष खड्कासंग पार्टीको अन्तरविरोध छ । उनलाई नेकपाले पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ । गाउंपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र वडा अध्यक्ष सुवास वोहोरा विरुद्ध ज्यान मार्ने धम्की दिई जवरजस्ती पैसा असुल्ने मुद्धामा अध्यक्ष खड्काले किटानी जाहेरी दिएका थिए । उक्त मुद्धा हाल काठमाण्डौ जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।

गाउँपालिकाकमो बैठकमा अध्यक्ष खड्काले माग गरे जति रकम विनीयोजन गर्न नदिएपछि हाल सम्म पनि गाउ“पालिमा सवै प्रतिनिधिको बोलचाल छैन । उपाध्यक्ष र अध्यक्ष विच वोलचाल खुलेको छैन । पछिल्लो समय नेकपाले अध्यक्ष खड्कालाई निगरानीमा राखेर कमजोरीको खोजि गरीरहेको थियो । उनलाई भविष्यमा नेकपामा राख्नु नहुने एकाथरी कार्यकर्ताको पार्टीमा दवाव छ । कानुनले निर्वाचीत पदाधिकारीले दल त्याग गरेको घोषणा नभै पालिकाको अध्यक्षबाट हटाउन सक्ने अर्को कुनै विधि नभएकाले नेकपाले खड्कालाई अध्यक्षबाट निकाल्न सकेको छैन ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको