रामेछाप – नेपाली कांग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाई हिराे अवार्डद्वारा सम्मानित हुने भएका छन् । कोभिड १९ काे संक्रमण राेकथाम तथा नियन्त्रणका लागि महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै हामी नेपाली ग्लाेबल अमेरिकाले नेता चाैलागाइलाइ हिरो अवार्डबाट सम्मान गर्ने भएकाे हाे ।
नेपाली कांग्रेस रामेछापका महाधिबेशन प्रधिनिधि समेत रहेका चौलागाईंलाई कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा विभिन्न तवरबाट मानवीय सहयाेग तथा सामाजिक कार्य गरेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै अमेरिकामा रहेकाे हामी नेपाली ग्लोवल नामक संस्थाले सम्मान गर्ने भएकाे छ ।
यहि भाद्र १४ गते अमेरीकामा सम्मान गर्ने कार्यक्रम तय गरिएकाे थियाे । काेराेना संक्रमण नियन्त्रणमा नअाएकाे र अन्तराष्ट्रिय उडान बन्द हुने भएकोले उक्त कार्यक्रम अनुकुल समयमा पछि गर्नेगरि स्थगित भएकाे नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागार्इले बताउनु भयो । नेता चौलागार्इले कोरोनाको समयमा समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण र गर्नु भएकाे थियाे ।
चौलागाईले यश अघि पनि गाउँमा विद्यालयमा गुणस्तरीय शिक्षा पुर्याउने भन्दै शैक्षिक सुधारका लागी विभिन्न विद्यालय र विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनु भएकाे थियाे ।
