डम्बर निदाल, डडेल्धुरा- डडेलधुरमा समुदाय स्तरमा पनि कोरोना भाईरस परिक्षण गरिन थालिएको छ ।
पछिल्लो समय समुदायमा कोरोना भाईरस फैलिदै गएपछि समुदाय स्तरमा कोरोना भाईरस परिक्षण हुने भएको हो । डडेल्धुराको सदरमुकाम बजार क्षेत्रका नागरिकको कोरोना परिक्षण गरीन थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
अमरगढी नगरपालिकाका सवारी चालक, सहचालक, होटेल संचालक, कर्मचारी, व्यापारीहरु खुद्रा व्यवसायी लगायत मजदुरहरुको पिसिआर टेस्टका लागि स्वाब संकलन भैरहेको बताईएको छ ।
पिसिआर टेस्टका लागी बागबजार क्षेत्रबाट शुक्रबार ७७ जनाको स्वाब संकलन गरी डडेल्धुरा अस्पताल पठाईएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दियो ।
चाड पर्व नजिकिदै गए सँगै बजारमा किनमेल गर्नेहरुको चाप बढ्दै गए पछि कोरोना सर्नसक्ने भएकाले व्यापारी लगायत सवारी चालकहरुको कोरोना परिक्षण प्रक्रिया थालिएको हो । स्वाब संकलन गरिएकाहरुको दुई तिन दिनमा रिर्पोट आउने प्रहरी कार्यालयले जनाएको छ ।
केहिदिन अगाडी मात्रै डडेल्धुरा जिल्ला भित्रका सबै प्रहरीहरुको कोरोना परिक्षण गरिएको थियो र सबैको रिर्पोट नेगेटिभ आएको थियो ।
डडेल्धुरामा समुदाय स्तरमा कोरोना परीक्षण गरिदै
