भक्तपुर – कोरोना संक्रमण फैलिएपछि आज देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा लकडाउन गरिएको छ । नगरपालिकाको हिजो साँझ बसेको आकस्मिक बैठकले मध्यपुरथिमी नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको हो । बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।
नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । हिजोसम्म भक्तपुरमा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
