मिडिया विधेयक संशोधनका लागि डडेल्धुराका पत्रकारले बुझाए सभामुखलाई ज्ञापनपत्र

डम्बर निदाल
डडेल्धुरा -सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको मिडिया विधेयक स्वतन्त्र प्रेसको मान्यता विपरीत भएको भन्दै पत्रकारहरुले विरोध जनाएका छन । आईतवार नेपाल पत्रकार महासंघ डडेल्धुराले स्वतन्त्र प्रेसको मान्यता विपरीत मिडिया संचालनको व्यवस्था भएकोमा असन्तुष्टी सहित सुदूरपश्चिम प्रदेशका सभामुखलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत ज्ञापनपत्र बुझाएको हो ।

सुदूरपश्चिम प्रदेशसभाले बुधबार पारित गरेको ‘एफएम रेडियो तथा टेलिभिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ का केही प्रावधान स्वतन्त्र प्रेसको मान्यता विपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउँदको नेतृत्वमा जिल्लाका क्रियासिल पत्रकारहरुको सहभागितामा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत प्रदेश सभाका सभामुख लाई ज्ञापनपत्र बुझाईएको छ ।

प्रदेशसभामा गत माघमा दर्ता गरिएको उक्त विधेयकमा आन्तरिक मामिला तथा कानुनमन्त्री आफैं मिडिया बोर्डको अध्यक्ष रहने र बोर्डले नै दण्डसजाय गर्ने लगायतका प्रावधान राखिएको विषयमा सुदूरपश्चिम प्रदेशको मिडिया संचालनमा अंकुश लगाउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाईएको अध्यक्ष साउँदले बताए ।

प्रदेशसभामा गत माघमा दर्ता गरिएको उक्त विधेयकमा आन्तरिक मामिला तथा कानुनमन्त्री आफैं मिडिया बोर्डको अध्यक्ष रहने र बोर्डले नै दण्डसजाय गर्ने लगायतका प्रावधान राखिएको थियो ।

बोर्ड गठन तथा बोर्डको कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था संशोधन गरिएको भए पनि सञ्चार माध्यम लाई नियन्त्रण गर्ने कतिपय प्रावधान यथावत राखिएको पत्रकारहरुको गुनासो रहेको ज्ञापनपत्र बुझाउन उपस्थित भएका पत्रकारहरुको भनाई रहेको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको