उपत्यकामा निषेधाज्ञामा कडाइ, अटेर गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ – काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्ने र गराउने निर्णय भएको हो ।

कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण कार्यका लागि बुधबार रातिबाट एक हप्ता भदौ १० गते बुधबार रातिसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अत्यावश्यक यातायात सेवाहरू दमकल, बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, ढुवानीजन्य खाद्य, इन्धन, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सवार सवारी साधन बाहेकलाई उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले औषधि र खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरे । उनले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिए ।

उपत्यकाभित्र मालवाहक ढुवानीका सवारी साधन तथा विद्युत्, दूरसञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा जाने बिरामी, मृत्यु संस्कारका लागि हिँडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सवार साधनमा रोक लगाइएको छैन ।

कोभिड–१९ नियन्त्रणमा खटिएका राष्ट्रसेवक कर्मचारी, नियमित सेवा प्रदान गर्न अनिवार्य गरिएका कार्यालयका कर्मचारीको हकमा भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३ बजेदेखि ५.३० बजेको समय निर्धारण गरिएको छ । यसका लागि ती कार्यालयहरूले न्यूनतम कर्मचारीको सङ्ख्या निर्धारण गर्नुका साथै कार्यालयबाट जारी फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

निषेधाज्ञामा मन्त्रालय लगायत कतिपय सरकारी कार्यालय भने खुला हुनेछन् । सञ्चार गृह तथा सञ्चारकर्मीहरूका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट यसअघि उपलब्ध सवारी पासलाई नै मान्यता दिने जनाइएको छ । विभागले प्रेस विज्ञप्ति जारी गरी उक्त पास प्रयोग गर्दा आफू कार्यरत सञ्चार गृहबाट जारी फोटोसहितको परिचयपत्र देखाए पुग्ने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

सिफारिस

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

१२ औं म्युजिक खबर म्युजिक अवार्डः गीतकार यादव खरेलदेखि फोटो पत्रकार प्रदीपराजसम्म सम्मानित हुँदै 

काठमाडौं - म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

धेरै पढिएको