रामेछापमा आज रातिदेखि निषेधाज्ञा, आदेशको उल्लंघन गरे कडा कारबाही

काठमाडौं – रामेछापमा आजदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रामेछापमा निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा जारी गरेको हो।

जिल्लामा कोरोनाको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन आज बिहीबार राति १२:०० बजेदेखि रामेछाप जिल्लामा निषेधाज्ञा जारी गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  आदेशको उलंघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुने प्रशासनको भनाइ छ।  प्रशासनका अनुसार जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटारलगायत प्रवेश नाकाहरुबाट बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म पैदल आवातजावत गर्नसमेत रोक लगाइएको छ ।

बुधबार जारी सूचनामा अत्यावश्यक सेवा (औषधी, खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विधुत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न रोक लगाइएको उल्लेख छ। औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाइएकाले अत्यावश्यक कार्यमा मास्क बिना घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधनबाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत सञ्चालन गर्न रोक लगाइएको छ।

प्रशासनले फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न, शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न रोक लगाएको छ।

जारी सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, औषधी, खाद्यान्न, फलफूल, तरकारी दुध लगायतका अत्यावश्यक सेवाका पसलहरु बिहान ५:०० बजेबाट ९:०० बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने, बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने।’

अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान बिक्रि वितरण गर्ने, आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही हुने सूचनामा उल्लेख छ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको