निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

  • घनश्याम श्रेष्ठ 

काठमाडौं – काठमाडौंका सडक बिहीबारदेखि फेरि सुनसान जस्तै देखिएको छ।  कोरोना भाइरस संक्रमण उपत्यकामा फैलिएपछि उपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधवार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेकापछि सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् ।

निषेधाज्ञाको बिहीवार पहिलो दिन उपत्यका सबैजसो ठाउँ सुनसान देखिए । अत्यावश्यक सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन चलेका छैनन् भने मानिसको आवतजावत ठप्प जस्तै छ ।

सडकमा प्रहरीहरू तैनाथ गरिएका छन् । प्रहरीले एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने गाडी, पत्रकारका सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा निषेध गरेको छ ।

तीन महिनासम्म लामो लकडाउन ब्यहोरेका काठमाडौं उपत्यकाबासी कोरोना महामारी नियन्त्रणका लागि फेरि एक पटक घरभित्रै बसेर आफ्नो र उपत्यकाबासीको स्वास्थ्य सुरक्षाका लागि सरकारलाई साथ दिइरहेका छन् ।

निषेधाज्ञालाई अटेर गरेर बाहिर निस्केका सवारीसाधन तथा मोटरसाइकललाई ‘होल्ड सेन्टर’ स्थापना गरेर बिहानदेखि साँझसम्म राख्ने आदेश आएको प्रहरीले जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्ने एक हजार भन्दा बढी कारबाहीमा परेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको