डम्बर निदाल, डडेल्धुरा – डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ७ बलौचा,ओबा र खिन्नेभाडीका बाढी पहिरो पिडीतलाई राहत वितरण गरिएको छ ।
आलितालको चुरे क्षेत्रमा पहिरो खस्दा विस्थापित भएका स्थानिय लाई राहत दिईएको छ । आलिताल गाउँपालिका–७ का बाढीपहिरो पिडितलाई जिल्ला विपद व्यवस्थापन समिति डडेल्धुराले शनिबार राहत वितरण गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोला सहित प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेको टोलीले शनिबार त्यस क्षेत्रको अवलोकन तथा अनुगमन गरी बाढीपहिरो पिडित रहेकै स्थानमा पुगेर राहत वितरण गरेका हुन ।
प्रति परिवारलाई जनही आठ हजार रुपैयाका दरले राहत वितरण गरेका छन् । आलिताल गाउँपालिका– ७ को खिन्नेभाडी, बलौचा, ओवा गाउँका २५ घर परिवार बाढीपहिरो पिडित लाई राहत वितरण गरेको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । बाढी पहिरो पिडितहरुलाई नगद राहतका साथैे मास्क समेत वितरण गरेको उहाँले बताए ।
