काठमाडौं- काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १२६ जना, भक्तपुरका २८ जना र ललितपुरका १२ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा २१६ जनामा संक्रमण देखिएको थियो। विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण भएकाे छ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जोखिम कम गर्न निषेधाज्ञा गरिएको छ।