काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

बैतडी- काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी ६ महीनाकी छोरीमा पनि कोरोना पुष्टि भएको हो।

हिजो डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक प्रहरी जवानसहित जिल्लाका चार जनामा कोरोना पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।

काठमाडौंबाट सरुवा भइ इलाका प्रहरी कार्यालय पाटन आएका ३१ वर्षीय प्रहरी जवान, काठमामाडौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएकी प्रहरी जवानकी ६ महीनाकी छोरी, सुर्नया गाउँपालिकाका ३९ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ महिने शिशु आफ्नै आमासँग क्वारेन्टाइनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए।

यस्तै सुर्नया र दशरथचन्द नगरपालिका–९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसिरहेका स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए। रासस

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको