डम्बर निदाल,डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । सोमवार डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानवाट सकंलन गरिएका स्वाव नमुना मध्ये ५७ नमुनाहरु कोरोना संक्रमण देखिएको हो ।
यहाँको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ नमुना परीक्षण भएको अस्पताल स्रोत ले जनाएको छ । अहिलेसम्मकै धेरै नमुना परीक्षण गरीएको हो । जस मध्ये ५७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए ।
सोमवार अस्पतालवाट सार्वजनिक गरिएको सुचना अनुसार कन्चनपुरको भिमदत्त नगरपालिकाका ८ जना, कन्चनपुरकै महाकाली नगरपालिकाका १ जना, बैतडी आर्मि क्याम्प १ जना, त्यसै गरी कैलाली गौरीगंगा नगरपालिकाका ७ जना घोडाघोडी नगरपालिकाका ३१ जना, टिकापुर नगरपालिकाका ८ जना र कैलालीकै जानकी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरीएको छ ।
अस्पतालले जारी गरेको सार्वजनिक सुचना सहित
