डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा थप ५७ मा कोरोना पुष्टि

डम्बर निदाल,डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । सोमवार डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानवाट सकंलन गरिएका स्वाव नमुना मध्ये ५७ नमुनाहरु कोरोना संक्रमण देखिएको हो ।

यहाँको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ नमुना परीक्षण भएको अस्पताल स्रोत ले जनाएको छ । अहिलेसम्मकै धेरै नमुना परीक्षण गरीएको हो । जस मध्ये ५७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए ।

सोमवार अस्पतालवाट सार्वजनिक गरिएको सुचना अनुसार कन्चनपुरको भिमदत्त नगरपालिकाका ८ जना, कन्चनपुरकै महाकाली नगरपालिकाका १ जना, बैतडी आर्मि क्याम्प १ जना, त्यसै गरी कैलाली गौरीगंगा नगरपालिकाका ७ जना घोडाघोडी नगरपालिकाका ३१ जना, टिकापुर नगरपालिकाका ८ जना र कैलालीकै जानकी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरीएको छ ।
अस्पतालले जारी गरेको सार्वजनिक सुचना सहित

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको