काठमाडौँ- काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रण बढ्दै गएपछि लागू गरिएको निषेधाज्ञा थप् गर्ने बिषयमा छलफल गर्न आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ । यसअघि पनि उनीहरूले १० भदौसम्म सेवा बन्द गर्ने निर्णय गरेका थिए ।
उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । उनीहरूकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले १० भदौसम्म निषेधाज्ञा जारी गरेका थिए । आज जिल्ला प्रशासन कार्यालयहरुको सयुक्त बैठक बस्ने र गृहमन्त्रालयलाई जानकारी गरि निर्णय गर्ने तयारी भइरहेको छ ।