काठमाडौं – आजपनि सुनको मूल्य घटेको छ । आइतबारदेखि घट्न थालेको सुनको भाउ मंगलबार पनि घट्ने क्रम जारी रह्यो । आज मंगलबार सुन तोलामा ७ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावल सुन तोलाको ९७२०० कायम गरेको छ । हिजो सोमबार तोलाको ९७९०० कायम गरिएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९६ हजार ७ सय कायम भएको छ । सोमबार तोलाको ९७ हजार ४ सय निर्धारण गरिएको थियो ।
आज चाँदीको मूल्य तोलाको १३ सय २० रुपैयाँमै स्थिर छ ।