रामेछाप – रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का विरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको हो । उक्त गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतिले खड्काका विरुद्ध करणी गरेको अभियोगमा जाहेरी गरेकी हुन ।
जिल्ला प्रहरी कार्यालयले उक्त मुद्धा दर्ता भएको पुष्टि समेत गरेको छ । प्रहरीले दुवैलाई स्वास्थ्य परिक्षण समेत गराई सकेको छ । खड्काले आफुलाई महिनौ अघि खड्काले जवरजस्ती करणी गरेको तर कतै कसैलाई भनिस भने गोलि हान्छु भन्ने डर त्रास देखाएकोले मुद्धा हाल्न नसकेको समेत पिडित युवतिले जनाएकी छिन् । प्रहरीले यस अघि परेको शरिर वन्धक मुद्धामा पालिका अध्यक्ष खड्कालाई पक्राउ गरेपछि युवति करणीको जाहेरी लिएर प्रहरी कार्यालयमा आईपगेकी हुन ।
मुलुकी फौजदारी संहिता २०७४ ले जवरजस्ती करणी भएको १ बर्ष सम्म मुद्धा दर्ता गर्न पाईने व्यवस्था गरेको छ ।
गाउ“पालिकाको एउटा योजनाका उपभोक्ता समितिका अध्यक्षलाई रकम भुक्तानी सम्मन्धी कुरा गर्न पालिकामा २ घण्टा सम्म वन्धक वनाएको अभियोगमा स्थानीय दर्पण घिसिङले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । उक्त जाहेरी परेपछि प्रहरीले खड्कालाई १२ दिन अघि गाउंपालिकाबाटै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरीको हिरासतमा राखेको छ ।
खड्काका विरुद्ध धोविका शेरवहादुर खड्काले २१ रोपनी जग्गा पालिकाको नाममा भनि आफ्नी सालि नाता पर्नेको नाममा झुक्याएर पास गराएको तर जग्गाको मूल्य २ करोड रुपैया नदिएको भन्दै ठगि मुद्धा दायर गरेका छन् । उक्त मुद्धामा समेत अनुसन्धान थालिएको छ ।
प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार खड्का विरुद्ध परेका तिनै मुद्धाको एकै साथ अनुसन्धान गरी सरकारी वकिल कार्यालय मार्फत अदातलमा पेश गरीने तयारी भएको छ ।
