ऊर्जामन्त्री पुन भन्छन् : कुलमानबारे कुनै निर्णय नै भएको छैन, कस्ले हल्ला फैलायो ?

काठमाडौं – ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे कुनै निर्णय नभएको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नै नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्नेमा प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ । यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको