- सरन महर्जन
काठमाडौँ – सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि निषेधाज्ञा गरेको आज एक साता भएको छ । निषेधाज्ञाका कारण काठमाण्डौ उपत्यकामा मानिसको चहलपहल हुन छोडेको छ भने सडक पुरै खालि नै हुने गरेको छ । अरुबेला मध्यरातसम्म धेरै नै चहल पहल हुने दरवारमार्ग क्षेत्र अहिले सुनसान जस्तै देखिन्छ ।

