गौरा पर्वको आज मुख्य दिन हर्षोल्लासका साथ मनाइँदै

    • डम्बर निदाल
      डडेल्धुरा – भाद्र महिनामा पर्ने शुक्लअष्ठमी अथवा गौरा पर्व दुर्वाष्ठमी पुजा गर्दै सुदूरपश्चिममा बुधबार हर्षोल्लासका साथ मनाइँदै छ । सधै हरियो र पलाई रहने पवित्र बनस्पति दुबोलाई पूजा र पुरुषले धारण गर्ने जनै जस्तै महिलाहरुले ग्रहण र धारण गर्दै उमा महेश्वरलाई अर्पण गरेर गौराको पूजाआजा गरी भव्य रुपमा मनाईन्छ ।

पञ्चदलहन गहत, मास, केराउ, कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा भिजाउँदै शुक्ल पञ्चमीदेखि शुरु भएको मौलिक परम्पराको प्रतिक गौरा पर्व आज सप्तऋषि, सप्तसरोवर, सप्तगंगा, सप्तसमुन्द्र सप्त क्षेत्र, सप्त धान्य, सप्त सरस्वतीको पूजा अर्चना गर्दै सात वटा धागोबाट सुत्रबन्दी गरिएको दुबोधागोलाई गौरालाई चढाई प्रसादको रुपमा महिलाहरुले घाँटीमा लगाउने प्रचलन रहिआएको छ ।

निराहार व्रत बसी महिलाहरुले गौरामहेश्वरको पूजा र शुभमांगल फाग पार्वतीको जीवन लिला सम्बन्धि गाथा अथवा अठेवाली गाएर पर्वको दुर्वाष्ठमी पूजा गर्छन भने पुरुषहरुले पनि पौराणिक कथा र बिरपुरुषहरुका गाथा, स्थानीय देवी देवताका गाथा गाउने, चैतधुमारी ढुस्को र डेउडा खेल खेल्ने परम्परा रहेको छ । अमुक्ताभरण सप्तमीका दिन ल्याईएको गौरा देवीलाई दुर्वाष्ठमीका दिन पूजाअर्चना गरि उपयुक्त तिथि साईतमा बिसर्जन गर्ने गरि गौराघर वा देवालयमा राखिन्छ ।
विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिब लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाईन्छ ।

यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ । संस्कृतिका माध्यमबाट सुख दुःख साँटासाँट गर्नुका साथै सामाजिक सदभाव कायम हुने बिभिन्न गतिबिधिहरु गर्ने परम्परा रहेपनि यस वर्ष कोरोना महामारीका कारण गौरा पर्व पनि प्रभावित भएको छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको सुदूरपश्चिम बासीको प्रमुख चाड गौरा पर्व ठाउँ बिशेष अनुसार फरकफरक रहे पनि महिलाहरुको जीवनशैली र स्थानीय परिबेश झल्काउने यो पर्वले पछिल्लो समयमा राष्ट्रिय रुपमा व्यापकता पनि पाईरहेको छ ।

सिफारिस

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका...

धेरै पढिएको