गौरा पर्वको आज मुख्य दिन हर्षोल्लासका साथ मनाइँदै

    • डम्बर निदाल
      डडेल्धुरा – भाद्र महिनामा पर्ने शुक्लअष्ठमी अथवा गौरा पर्व दुर्वाष्ठमी पुजा गर्दै सुदूरपश्चिममा बुधबार हर्षोल्लासका साथ मनाइँदै छ । सधै हरियो र पलाई रहने पवित्र बनस्पति दुबोलाई पूजा र पुरुषले धारण गर्ने जनै जस्तै महिलाहरुले ग्रहण र धारण गर्दै उमा महेश्वरलाई अर्पण गरेर गौराको पूजाआजा गरी भव्य रुपमा मनाईन्छ ।

पञ्चदलहन गहत, मास, केराउ, कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा भिजाउँदै शुक्ल पञ्चमीदेखि शुरु भएको मौलिक परम्पराको प्रतिक गौरा पर्व आज सप्तऋषि, सप्तसरोवर, सप्तगंगा, सप्तसमुन्द्र सप्त क्षेत्र, सप्त धान्य, सप्त सरस्वतीको पूजा अर्चना गर्दै सात वटा धागोबाट सुत्रबन्दी गरिएको दुबोधागोलाई गौरालाई चढाई प्रसादको रुपमा महिलाहरुले घाँटीमा लगाउने प्रचलन रहिआएको छ ।

निराहार व्रत बसी महिलाहरुले गौरामहेश्वरको पूजा र शुभमांगल फाग पार्वतीको जीवन लिला सम्बन्धि गाथा अथवा अठेवाली गाएर पर्वको दुर्वाष्ठमी पूजा गर्छन भने पुरुषहरुले पनि पौराणिक कथा र बिरपुरुषहरुका गाथा, स्थानीय देवी देवताका गाथा गाउने, चैतधुमारी ढुस्को र डेउडा खेल खेल्ने परम्परा रहेको छ । अमुक्ताभरण सप्तमीका दिन ल्याईएको गौरा देवीलाई दुर्वाष्ठमीका दिन पूजाअर्चना गरि उपयुक्त तिथि साईतमा बिसर्जन गर्ने गरि गौराघर वा देवालयमा राखिन्छ ।
विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिब लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाईन्छ ।

यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ । संस्कृतिका माध्यमबाट सुख दुःख साँटासाँट गर्नुका साथै सामाजिक सदभाव कायम हुने बिभिन्न गतिबिधिहरु गर्ने परम्परा रहेपनि यस वर्ष कोरोना महामारीका कारण गौरा पर्व पनि प्रभावित भएको छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको सुदूरपश्चिम बासीको प्रमुख चाड गौरा पर्व ठाउँ बिशेष अनुसार फरकफरक रहे पनि महिलाहरुको जीवनशैली र स्थानीय परिबेश झल्काउने यो पर्वले पछिल्लो समयमा राष्ट्रिय रुपमा व्यापकता पनि पाईरहेको छ ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको