काठमाडौं- काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका २७० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६६ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३०१ जनामा संक्रमण देखिएको थियो।
नेपालमा थप ११११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३५५२९ पुगेको छ। आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ।
त्यस्तै आजै थप ५६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जोखिम कम गर्न निषेधाज्ञा गरिएको छ।