रामेछापमा आज थपिए ६ जना कोरोना संक्रमित

काठमाडौं- रामेछापमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा.जागेश्वर गौतमले रामेछापमा थप ६ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् । जस मध्ये ५ जना पुरुष र १ जना महिला रहेका छन्।

रामेछापका ६ जनामध्ये रामेछाप नगरपालिकाबाट पठाएका ४ जनाको कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये रामेछाप नगरपालिका भित्र काम गर्ने एक जना स्वास्थ्यकर्मी र ३ जना क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना पुष्टि भएको उनले बताए। अन्य २ जना उपत्यकामा बस्दै आएकाले उनीहरुको काठमाडौंबाट नै स्वाब संकलन गरिएको हो।

कोरोना भाइरस महामारी सुरु भएदेखि बिहीबारसम्म रामेछापका ६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामेछाप स्थायी बसोबाससहित देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका ५९ जना पुरुष र ९ जना महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। जसमध्ये बिहीबारसम्म ३७ जना उपचाररत छन् भने ३१ जना उपचारपछि घर फर्किएका छन्। हालसम्म जिल्लाबाट स्वाब संकलन गरी पठाएकामध्ये ३७ जनाको कोरोना पोजिटिभ आएको छ।

सिफारिस

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो...

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित छ। यो गाउँ पोखराबाट करिब ५८ किलोमिटर टाढा, समुद्र सतहबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन...

उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ - जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको...

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

धेरै पढिएको