डम्बर निदाल
डडेल्धुरा – एकिकृत बिकास समाज डडेल्धुरा द्धारा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका ७ का पहिरो पिडित परिवार लाई राहत बितरण गरेको छ । आलितालको चुरे क्षेत्रमा पहिरो बाट विस्थापित भएका ३५ परिवार लाई राहातमा त्रिपाल र साबुन उपलब्ध गराईएको छ ।
जिल्लाको भित्रि मधेश आलिताल गाउँपालिका–७ बलौच, ओबा, ऐरानी,धुपखेडा र खिन्नेभाडी गाउँमा पहिरोले ३५ परिवार विस्थापित भएका थिए । पहिरोले विस्थापित भएका परिवार लाई mबचअथ अचयउक को सहयोगमा संचालित ःच्भ्म् परियोजना द्वारा एकिकृत विकास समाज डडेल्धुराले त्रिपाल र साबुन सहयोग गरेको हो ।
पहिरो वाट बिस्थापित भएका परिवार लाई ३५ त्रिपाल र ७० पिस हात धुने साबुन राहत स्वरुप उपलब्ध गराउने गरी बिहिबार आलिताल गाउँपालिका वडा नं. ७ को कार्यालयमा पुगी गाउँपालिका अध्यक्ष लाई हस्तान्तरण गरिएको छ ।
एकिकृत बिकास समाज डडेल्धुराले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । कोरोनाको संक्रमण फैलन नदिन गरिएको लकडाउनको समयमा पनि उक्त संस्थाले स्थानिय तह लाई सहयोग गर्दै आएको थियो ।
क्वारेन्टाइन व्यवस्थापनका लागी विभिन्न सामाग्री, खाद्यान्न उपलब्ध गराउदै आएको यस संस्थाले अहिले पहिरो विस्थापित परिवार लाई सहयोग गर्दै पिडित स्थानियको चोटमा मल्हम लगाएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
मर्सिकोर नेपालको आर्थिक सहयोगमा यस संस्था द्धारा गाउँपालिकामा आर्थिक विकास मार्फत विपद व्यवस्थापन परियोजना (एमरेड) संचालनमा छ । परियोजना अन्तरगत नै पहिरो वाट विस्थापित हुन पुगेका स्थानिय लाई सुरक्षा सामाग्री उपलब्ध गराईएको संस्थाका कार्यकारी निर्देशक पदमा गुरुङले बताईन ।
