काठमाडौं – आज आइतबार सुनको मुल्य तोलामा ३०० रुपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ९७२०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज तेजावी सुनकाे मूल्य ९६७०० रूपैयाँ कायम भएको छ ।
शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेको छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपैयाँमा काराेकार भएको थियाे ।