अस्पतालमै भेटिए हराएका सामग्री

  • डम्बर निदाल
    डडेल्धुरा -डडेल्धुरा अस्पताललाई लायन्स क्लब काठमाडौंले उपलब्ध गराई हराएको भनिएको एनआईसीयू सामग्री अस्पताल भित्रै पाइएको छ ।एका एक गायब भएका भनिएका एनआईसियु (नवजात शिशु विशेष स्याहार कक्ष) निर्माणको १६ प्रकारका उपकरण डडेल्धुरा अस्पतालमै भेटिएका छन । लायन्स क्लब डडेल्धुराले डडेल्धुरा अस्पतालका लागी ल्याएका उपकरण हराएको समाचार बाहिरिए पछि खोजी गर्ने भनिएको समयमै अस्पतालमा जडान गरिएको अवस्थामा भेटिएका हुन ।

उपकरण गत बर्ष २०७६ मंसिर ५ गते अस्पताल पुगेको लायन्स क्लब डडेल्धुराले जनाएको थियो । तर अस्पतालले भने सामान नबुझेको अनविज्ञता देखाए पछि सामान प्रदान गर्ने संस्थाको पहलमा एक हप्ता भित्र खोजी गर्ने प्रतिबद्धता व्यक्त भए पनि सामग्री अस्पतालमै फेला परेको हो ।

अस्पतालको एनआईसियु कक्षमा जडान गरेको उपकरण अस्पतालमै जडित भएको पाईए पछि शनिबार क्लबका वर्तमान अध्यक्ष प्रेम महरले औपचारिक कार्यक्रमका साथ जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई उपकरण हस्तान्तरण गरेको क्लबले जानकारी दिएको छ ।

समन्वय समिति प्रमुख भट्टले निजी सम्पत्ति लाई मात्रै माया गर्ने, हिफाजत गर्ने नेपाली परम्पराका कारण उपकरण गायब भएको घटनाले जिल्लाबासीलाई लज्जित बनाएकोमा दुखेसो पोख्नु भयो । सरकारी जागीर जस्तै सरकारी वस्तु लाई समेत सबैले माया र हिफाजत गर्नु पर्ने र सबै लाई सरकारी जागीर मन परे पनि सरकारी सामाग्री वस्तुहरुको हिफाजत नगरिदा समस्या हुने हुदा यस्ता बस्तुहरु लाई हिफाजतका साथ राख्नुपर्ने उनले बताए ।

अस्पतालका कर्मचारी लगायत अस्पतााल प्रशासन गैर जिम्मेवार बनेको भन्दै बिभिन्न चुनौती खेपिरहेको अस्पतालका सामान हराउनु र नियोजित रुपमा फेला पर्नु सेवाग्राही माथीको उपहास भएको स्थानिय बताउछन ।

विदेशबाट आएका करिब २१ लाख मुल्य बराबरका उपकरणहरु हस्तान्तरण सँगै अहिले अस्पतालमा आठ शैयाको एनआईसियु सञ्चालनमा छ । अस्पतालमा जडान भएका एनआईसियुका उपकरणले अहिले दुई शैया थप भएको छ । यस अघि अस्पतालमा छ शैयाको एनआईसियु सञ्चालनमा रहेको थियो ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको