कौशीमा तरकारी खेती

डम्बर निदाल, डडेल्धुरा – तरकारी उत्पादनमा अग्रणि रहेको डडेल्धुरा जिल्लामा एक जना कृषि प्राबिधिकले घरको छाना माथी तरकारी र फलफूल उत्पादन गरेका छन ।
छाना सबै घरको हुन्छ नै डडेल्धुरा सदरमुकाम पछिल्लो समय शहर उन्मुख दिशा तर्फ विकसित पनि भएको देखिन्छ र ठूलाठूला पक्की घर हरु धमाधम निर्माण भईरहेका पनि छन तर सदुपयोग भने बिरलै भएको पाईन्छ ।

परिश्रम गरे र गर्न चाहे के हुँदैन भन्ने उदाहरण कृषि प्राबिधिक खेमराज पनेरुले आफ्नो तिनतले घरको छानामा हरियो साग, काँक्रा लगायत मसालाजन्य बिभिन्न वालीसँगै अत्यन्त महंगो फलफूल किवी समेत लगाएर देखाएका छन बेरोजगार युवाहरुका लागि उत्प्रेरणाका श्रोत बनेका छन ।
अमरगढी नगरपालिका वडा नं. ५ बागथलामा बिगत १५ वर्ष देखि बस्दै आएका पनेरुले १० वर्ष देखि कौशीबारी तरकारी उत्पादन गर्दै आएका छन, उनले आफ्नै लगानीमा नर्सरी जस्ता पक्की आरसिसि ब्याड बनाएर बाहिरबाट माटो ल्याई शुरुमा हरियो साग उत्पादन गरे पनि पछिल्लो समयमा अन्य वाली पनि लगाएर सानो ठाउँमा धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएका छन ।

कौशीबारीमा किवी फल, स्ट्रबेरी र मौसमी तरकारी लगाएर छानाको सदुपयोग गर्दै फोहर व्यवस्थापन र घरका सदस्यहरुको समय र आम्दानी बचतलाई पनि टेवा पुगेको कृषि प्राबिधिक खेमराज पनेरुको भनाई छ ।
समाजमा बेरोजगारी व्याप्त छ , आम्दानीको श्रोतहरु संकुचनमा परेका छन, व्यवसायिक कृषि खेती भन्दा पनि घरायसी प्रयोग र सामान्य घरखर्च धान्नका लागि आर्थिक उपार्जनको सजिलो माध्यम बन्न सक्ने कौशीबारी करेसाबारीले आफू र घर परिवारलाई पनि व्यस्त राख्ने भएकाले सबैले गर्न सक्ने प्राबिधिक पनेरुले बताए ।

सुदूरपश्चिम प्रदेशको एक मात्र कृषि तालीम केन्द्र सुन्दरपुर कञ्चनपुरमा योजना अधिकृतको रुपमा कार्यरत कृषि प्राबिधिक पनेरुले कौशी बारी व्यवस्थापनका लागि छानाको किनारमा रेलिङको सट्टा पक्की ब्याड बनाएर फलामे ठाँक्रा राखेर वालीबाट बढि भन्दा बढि उत्पादन लिन लगानी गरेका छन फलस्वरुप उनि सन्तोष पनि भएका छन ।
बारीमा सजिलै कुहिने बिभिन्न फोहरलाई व्यवस्थापन गर्दै कम्पोष्ट मल पनि तयार गर्न सकिने पनि उनले बताए , त्यहि मल बारीमा प्रयोग गर्दा प्रांगारिक हुने, स्वस्थ र स्वादिलो तरकारी फलफूल उत्पादन हुने भएकोले अत्यन्त कम खर्चमा धेरै वर्ष सम्म लाभ लिन सकिने उनको भनाई थियो ।

पनेरुबाट अनुशरण गर्दै जिल्ला सदरमुकामका केहि घरधनीहरुले पनि कौशीबारीमा तरकारी फलाउन थालेका छन घरको तरकारी घरमै, मितव्ययि पनि हुने ताजा पनि खान पाईने यसमा त फाईदै फाईदा छ अमरगढी ५ बागथलाकै नन्दराम खत्रीले खुशी व्यक्त गरे ।
डडेल्धुरा सदरमुकाम लगायत जिल्लामा रहेका बिभिन्न स्थानीय तहहरुले पनि यस्तो कार्यक्रमहरु संचालन गर्नु पर्छ, सदरमुकाममा धेरै घरका छाना तरकारीमय भएका छन, केहि गर्न चाहने युवाहरुका लागि स्थानीय तहहरुले अवसर सिर्जना गर्नु पर्नेमा पनेरुको अनुरोध रहेको छ ।

कपडा सुकाउन प्रयोग गरिने व्यक्तिगत घरको छाना आम्दानीको श्रोत, पैसाको बचत सँगै प्रांगारिक र बिषादीरहित उत्पादन उपभोग गर्न पाएकोमा पनेरु परिवार खुशी त छन नै कोरोना सन्त्रास र महामारीको बेला जग्गाजमिन कम भएकाले पनि समय श्रोतसाधनको सदुपयोग गर्नु पर्ने धारणा उनको रहेको छ ।
कोरोनाको प्रभाबले रोजगारी गुमाई घर फर्केका युवाहरुलाई कृषिका बिभिन्न प्रबिधि र बिधागत यस्ता संभब कार्यमा लगाएर स्वरोजगार बनाउन र जनताको जीवनस्तरमा परिबर्तन ल्याउने प्रभाबकारी कार्यक्रमहरु स्थानीय तहहरुले संचालन गर्न आवश्यक रहेको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको