काठमाडौँ -कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ।