काठमाडौं – नेपालमा कोरोना संक्रमणको कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलका अनुसार नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । मृत्यु हुनेमा ६ जना पुरुष र ६ जना महिला रहेका छन् ।
हिजो मात्र नेपालमा कोरोनाको कारण ११ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
